Comments Add Comment

शिवम् सिमेन्टको सन्देशमुलक ‘नो कम्प्रोमाईज’ अभियान वीरगञ्जमा


१२ वैशाख, काठमाडौं । शिवम् सिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्वलाई लिएर वीरगञ्ज पुगेको छ । यस अन्तर्गत शिवम्ले वीरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ ।

आम मानिसको दैनिक जिवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्येश्यले साधारण तर संवेदनशील विषयहरु प्लेकार्डमा उठाइएको जनाएको छ ।

यात्रुहरुको सुरक्षालाई ध्याानमा राखी बसपार्क, घण्टाघर र अन्य चौकहरुमा सडक अनुशासन र सुरक्षित यात्रा, जनस्वास्थ्य र दीर्घायु जीवनका लागि नारयणी अस्पतालमा स्वास्थ्य र घरिअर्वा पोखरीमा फिट्नेस्, आˆनो शहरलाई सफा राख्न फोहोर ठाँउहरुमा सरसफाई र आˆनो परम्परा तथा संस्कृतिलाई बचाउनमाई स्थानमा आस्था सम्बन्धित प्लेकार्डहरु राखिएका छन् ।

आजको यो व्यस्ततापूर्ण जीवन र बढ्दो शहरीकरणले गर्दा मानिसहरुले यी विषयहरुमा वेवस्ता गरेको पाइएको छ ।
यसै कुरालाई मध्यनजर गर्दै, जसरी शिवम् सिमेन्टले क्वालिटीको मामलामा कम्प्रोमाईज गर्दैन, त्यस्तै मानिसहरुले पनि यी विषयहरुमा कम्प्रोमाईज गर्नु हुदंैन भन्ने सोचलाई अगाडि बढाउँन यो ३ दिने कार्यकम राखिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment