Comments Add Comment

भक्तपुरका सम्पदा पुनर्निर्माणको राष्ट्रपतिद्वारा अवलोकन

१२ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको भक्तपुरका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार विश्व सम्पदामा सूचीमा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा हालसम्म भएका सम्पदाहरुको पुनर्निर्माणको अवलोकन गरेकी हुन् ।

भूकम्प गएको २ बर्ष पछि पुर्ननिर्माणमा भएको प्रगति अवलोकन गर्न भक्तपुर दरबार स्क्वायर पुगेकी राष्ट्रपति भण्डारीले स्थानीय कलाकौशल तथा सामग्री प्रयोगमा ल्याई मौलिक र पुरात्ताविक ढंगले पुनर्निमाण गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले करीब २५ मिनेट भक्तपुरका क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment