Comments Add Comment

दयाहाङले अब फिल्म निर्देशन गर्ने

काठमाडौं । अहिलेको ब्यस्त नायक दयाहाङ राई अब निर्देशक बन्ने भएका छन् । आफै निर्देशक बन्ने भएपछि केही दिन अघि दयाहाङ फिल्मको स्किप्ट लेख्नका लागि भोजपुर पुगेका थिए ।

गाउँको घरमा बसेर अग्र्यानिक स्क्रिप्ट लेखेर आएका दयाहाङले मुख्य भुमिकामा कसलाई अभिनय गराउने अझै भनेका छैनन् । आउँदो वर्ष मात्रै सुटिङमा सुरु गर्ने योजनामा छन् उनी ।

सुरुमा नाटक लेख्ने सोचमा रहेका दयाहाङलाई केही साथीहरुले फिल्म बनाउन सुझाएपछि उनी निर्देशनमा उत्रिएका हुन् । नायकको छबी स्थापित हुँदा हुँदै फिल्म निर्देशन गर्ने उनी पहिलो कलाकार होइनन् । यसअघि नै निखिल उप्रेती र भुवन केसीले निर्देशन सुरु गरिसकेका छन् ।

अहिलेका रुचाइएका नायक दहाङले निर्देशन गरेर दर्शकलाई कति सन्तुष्ट बनाउन सक्छन् त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment