Comments Add Comment

प्रचण्डलाई मोदीको फोन, निर्वाचनमा सहयोग गर्ने बचन

१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता भएको छ । मोदीले फोन गरेर नेपालको स्थानीय चुनावलाई सफल पार्न सबैप्रकारको सहयोग गर्ने बचन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘मोदी जीले उताबाट फोन गर्नुभएको थियो । उहाँले तपाईंहरुले स्थानीय तहको निर्वाचन घोषणा गर्नुभएको छ, त्यसलाई सम्पन्न गर्न भारत सरकारको हरतरहको सहयोग रहन्छ भन्नु भएको छ ।’

दिउँसो चार बजेतिर प्रचण्ड र मोदीबीच करिब १०-१५ मिनेट कुराकानी भएको आचार्यले जानकारी दिए ।

टेलिफोनमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको भन्दै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएको आचार्यले  जानकारी दिए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाइका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रमुख पाँच दलको बैठक बसीरहेको छ । बैठकमा संविधान संशोधन र आगामी चुनावबारे छलफल भइरहेको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment