Comments Add Comment

सीके राउतलाई साधारण तारेखमा छाड्न आदेश, रौतहट प्रहरीलाई बुझाइने

१२ बैशाख, काठमाडौं । जिल्ला अदालत रुपन्देहीले देश विखण्डनको अभियान चलाएको आरोपमा पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

तर, उनी छुट्ने छैनन् । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले निवेदन दिएको भन्दै अदालतले राउतलाई रौतहट प्रहरीलाई बुझाउन आदेश दिएको हो ।

न्यायाधीश रिसीराम आचार्य इजलासले मंगलबार राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । राउतविरुद्ध राज्य विप्लवको मुद्दा चलाइएको थियो ।

इजलासले राउतसँगै तीन जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । एक जना २५ हजार र ५ जनालाई १०/१० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका नासु युवरान पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment