Comments Add Comment

बिराटलाई दाह्री नकाट्न अनुष्काको चेतावनी

भारतीय क्रिकेटर बिराट कोहली केही समययता ‘क्लिन सेभ’ मा देखिएका छैनन् । यसको कारण रहिछन् उनकी गर्लफ्रेण्ड अभिनेत्री अनुष्का शर्मा ।

खासमा बिराटको दाह्रीप्रति अनुष्का निकै क्रेजी रहिछन् । यो कुरा हालै सामाजिक सञ्जालमा प्रकट भएको हो । इन्स्टाग्राममा बिराटले आफ्नो दाह्री पालेको फोटो राख्दै लेखेका थिए, ‘मलाई माफ गर केटा हो, म अहिले आफ्नो दाह्री काट्न तयार छैन ।’ उनले यो स्टाटसमा हार्दिक पाण्ड्या, रोहित शर्मा लगायतका क्रिकेटरलाई ट्याग गरेका थिए ।

उक्त स्टाटसमा हजारौंले कमेन्ट गरे, जसमध्ये एक थिइन् अनुष्का । उनले कमेन्टमा लेखिन्, ‘यू कान्ट’ अर्थात् तिमी दाह्री काट्न सक्दैनौ । त्यसमा जवाफ दिँदै बिराटले लेखेका छन्, ओके ।

यसबाट प्रष्ट हुन्छ कि अनुष्काले नै बिराटलाई दाह्री काट्न दिइरहेकी छैनन् र बिराट उनलाई दुखी तुल्याउन चाहन्नन् ।

पहिले-पहिले केटीहरु दाह्री पालेको केटालाई मन पराउँदैनथे । तर, अहिले समय बदलिएको छ । क्लिन सेभ गरेका केटाहरु कमै देखिन थालेका छन् र केटीहरुले पनि दाह्रीवाला पुरुषलाई नै मन पराउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment