Comments Add Comment

चुनाव खर्चका लागि मतदाताबाटै १०० रुपैयाँ उठाइने !

१२ बैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रले स्थानीय चुनावका लागि संघसंस्था तथा उद्योगीसँग चन्दा नमाग्ने घोषणा गरेको छ ।

माओवादी केन्द्रले मतदाताबाटै १ सय रुपैयाँ संकलन गरी चुनाव खर्च जुटाउने घोषणा गरेको हो । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्नालले अनलाइनखबरसँग भने, ‘चुनावका वेला व्यवसायीबाट चन्दा सङ्कलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि यो अभियान सुरु गरेका हौं ।’

उनका अनुसार हरेक मतदाताबाट स्वेच्छिक रुपमा १ सय रुपैयाँ सहयोग सङ्कलन गरिनेछ । हाल बिर्तामोडको वडा नं. ५ मा ४ हजार ६ सय ६८ मतदाता छन् । यस क्षेत्रमा माओवादी केन्द्रको १ सय ५० संगठित सदस्य छन् ।

‘न्यून आर्थिक अवस्था भएकाले पनि चुनाव लड्न पाउनु पर्छ । र, उनीहरुले पनि चुनाव लड्न सक्छन् भन्ने उदाहरण दिन पनि यो अभियान थालिएको हो’, दर्नालले सुनाए, ‘सुकुम्बासी टोल, आदिवासी, जनजाति आदि वासोवास गर्ने क्षेत्रलाई दलहरुले भोट बैंकको रुपमा प्रयोग गर्छन् । त्यहाँ पैसा फाल्छन् । उनीहरुलाई पनि त्यो मान्छेले यसरी उठेको छ है भन्ने होस् । आफ्नो लगानी पनि परेको छ है भन्ने होस् भने यो अभियान थालिएको हो ।’

यो अभियानले चुनाव, पहुँच र पैसा हुने वालाहरुको मात्र हो भन्ने बुझाईलाई फेर्ने बिर्तामोड नगर ईञ्चार्ज कुबेर श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment