Comments Add Comment

आलियाकी आमाले बम्किदै भनिन्, मेरी छोरीले केटा साथी बनाउनै नहुने ?

आलिया भट्ट अहिले बलिउडकी चल्तिकी हिरोइन मानिन्छिन् । उनका पछिल्ला फिल्महरु लगातार सफल भइरहेका छन् ।

त्यसो त आलिया आफ्नो फिल्महरुले गर्दा मात्र होइन, प्रेम प्रसंगका कारण पनि हमेशा चर्चामा रहन्छिन् । पछिल्लो केही समयदेखि उनको नाम सिद्धार्थ मल्होत्रासँग जोडिदै आएको छ । करण जौहरद्वारा निर्देशित फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट यी दुवैले बलिउडमा डेब्यु गरेका थिए ।

हालै एक पत्रकारले आलियाकी आमा सोनी राजदानलाई अलिया र सिद्धार्थको प्रेम प्रसंगबारे प्रश्न गरे । सो प्रश्नमा सोनी आगो भइन् । उनले कड्किएर जवाफ दिइन्, ‘मेरी छोरी फिल्म इन्डष्ट्रीसँग जोडिएर के भो, उसको पनि त नर्मल लाइफ छ ।

अरु केटीहरुका जस्तो उसका पनि केटा साथीहरु हुन सक्छन् । केटा साथी हुने वित्तिकै ब्वाइफ्रेण्ड नै हो भनेर हल्ला फैलाउन मिल्छ ?’

सोनीको यस्तो जवाफबाट पत्रकार अवाक् बने र यस विषयमा थप प्रश्न सोध्ने आँट गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment