Comments Add Comment

गोरखा भूकम्पको स्मृतिमा बौद्धमा दीप प्रज्ज्वलन (फोटो फिचर)

१२ बैशाख, काठमाडौं । गोरखा भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा बौद्ध स्तूपा परिसरमा दीप प्रज्ज्वलन गरिएको छ । वी विल राइज फाण्डेसन नामक संस्थाले दुई वर्ष अघि आजकै दिन भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेको हो ।

दीप प्रज्ज्वलन कार्यक्रममा स्थानीयबासी, विद्यार्थी लगायतको सहभागीता थियो । उनीहरुले दीप प्रज्ज्वलन गरी स्तूपा परिक्रमा गरेका थिए ।

२०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमवल ८ रेक्टर स्केलको भूकम्प जाँदा झण्डै ९ हजार व्यक्तिको ज्यान गएको थियो भने भौतिक संरचनाहरुमा पनि व्यापक क्षति भएको थियो । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपामा पनि भूकम्पले क्षति पुगे पनि स्थानीयको पहलमा पुनर्निर्माण गरिएको थियो । तर, सरकारले पुनर्निर्माणको काम थालेको अन्य ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाहरुका पुनर्निर्माणको काम भने अझै सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment