Comments Add Comment

आप्रवासीमैत्री शहरको अनुदान रोक्ने ट्रम्पको योजनामा धक्का


१३ बैशाख, काठमाडौं । आप्रवासीहरुलाई निकाला गर्न अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ ।

सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजनालाई रोकिदिएका हुन् ।

हृवाइट हाउसले भने यो आदेशलाई ‘बहुलट्टी’को संज्ञा दिएका छन् ।

संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को  र सान्टा म्लोरा काउन्टीले मुद्दा हालेका थिए ।

त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट अन्तिम टुंगो नहुादासम्म राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् ।

अदालतको आदेशप्रति ट्रम्प प्रशासन रुष्ट बनेको छ र हृवाइट हाउसका चिफ अफ स्टाफ राइन्स पि्रबसले आदेश बहुलट्टी भएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment