Comments Add Comment

‘काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा, ट्रेन्डिङको पहिलो स्थान कब्जा


जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ ।

निर्देशक दिनेश राउतले भने-‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’

गोपिकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र निकिता पौडेलले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ । चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया आएपछि अहिले यसको निर्माणपक्ष उत्साहित देखिएको छ ।

यसैबिच, मातातिर्थको अवसर पारेर चलचित्रको फस्टलुक पनि रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment