Comments Add Comment

मोहनदेखि हर्षिकासम्म, जसलाई छ ‘मेरी कुसुम’ महत्वपूर्ण


कलाकार मोहन बोगटी यतिबेला दुबइमा छन् । उनी, मे ५ मा दुबइमा चलचित्रको रिलिज गर्ने तयारीमा छन् । उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गतेबाट भने नेपालभर रिलिज हुँदैछ । मोहन चलचित्रको रिलिजको समयमा नेपालमा हुने छैनन् । मोहनका अनुसार, उनी सो मितिमा चलचित्र रिलिजका लागि क्यानडा पुग्नेछन् । एन.आर घिमिरले निर्देशन गरेको यो चलचित्रले प्रेमको कथा भन्छ ।

मोहनले भने-‘दुबइमा चलचित्रको हाइप एकदमै राम्रो छ । यहाँ, चलचित्रले ‘छक्का पन्जा, लुट २’ जस्ता चलचित्रले गरेको व्यापार भन्दा माथिल्लो व्यापार गर्ने अवस्था छ । मोहन दुबइमा बसेकाले पनि उनलाई त्यहाँ चलचित्र प्रदर्शन गर्न सजिलो भएको हो ।

यो चलचित्रमा मोहनको साथमा नायिका हर्षिका श्रेष्ठ र नव-नायिका सुदिप्ताको मुख्य भूमिका छ । यो चलचित्र यी तिनै कलाकारका लागि महत्वपूर्ण छ । कारण, मोहन यही चलचित्रबाट यो क्षेत्रमा लगातार लागिरहने सोचमा छन् । जसका लागि उनलाई यो चलचित्रको व्यापार महत्वपूर्ण छ ।

यस्तै, हर्षिका पनि बिहेपछि चलचित्र क्षेत्रबाट हराए जस्तै छिन् । यसैले, उनलाई यो चलचित्रले व्यापार राम्रो गरेको खण्डमा फेरि जम्न सजिलो हुनेछ । नव-नायिका सुदिप्तालाई यो चलचित्र चल्दा नोटिस हुने अवसर मिल्नेछ । चलचित्रको ट्रेलर र गीत अहिले चर्चामा छ । मोहन, चलचित्र चल्नेमा आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment