Comments Add Comment

पत्ता लाग्यो मलेरियाविरुद्धको खोप, तीन अफ्रिकी देशमा परीक्षण गरिने

१३ वैशाख, काठमाडौं । विश्वमा डरलाग्दो समस्यामा रुपमा रहेको औलो रोगबिरुद्धको खोप पहिलो पटक परिक्षण गर्न लागिएको छ । तीन अफ्रिकी मुलुकमा यसको परिक्षण गरिनेछ ।

बेलायती कम्पनीले बिकास गगरेको यो खोपले रोग प्रतिरोधात्मक तन्त्रलाई मलेरियाको परजीवीसँग लड्न तयार पार्ने विश्व स्वास्थ्य संगठनको विशवास छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा पहिलो पटक घाना, केन्या र मलावी गरी तीन अफ्रिकी मुलुकमा यस खोपको परिक्षण गर्नेछ ।

बेलायती अम्पनी ग्लासोस्मिथकेलाइनद्धारा विकास गरिएको आरटीएस्, एस नामक खोपले रोग प्रतिरोधात्मक तन्त्रलाई मलेरियाको परजीवीसित लड्न तयार पार्दछ । मलेरिया लामखुट्टको टोकाइबाट मानिसमा सर्ने रोग हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) का अनुसार यस खोपले दशौ हजार मलेरियाको विरामीलाई बचाउने क्षमता राख्दछ ।

चार पटकसम्म लगाइने यो खोप पहिलो तीन पटक तीन महिनाको फरकमा र चौथो पटकको खोप १८ महिनामा लगाइनेछ ।

यसको नमूना परिक्षणका लागि गवि, द वैक्सिन अलायन्स, द ग्लोबल फण्ड टू फाइट एड्स, ट्यूबरकोलोसिस एण्ड मलेरिया, युनीटेड, डब्लुएच्ओ, जीएसके लगायतका संस्थाहरुले आर्थिक सहयोग गर्नेछन् ।

निकै जटिल तथा खर्चिलो प्रकिया तथा क्लिनिकल ट्रायलमार्फत विकसित गरिएकोे यो खोप स्वास्थ्य सेवाको पहुँच नपुगेका विश्वका विभिन्न अविकसित मुलुकहरुमा परीक्षण गर्न सकिन्छ कि सकिदैन भन्ने बारे भने अझै अन्यौल छ ।

विश्व स्वास्थ्य संगठनले यही अन्यौल हटाउन त्यस्ता देशमा खोपको नमुना परिक्षण गर्न लागेको जनाएको छ । यसबाट खोपको प्रभावकारिता तथा सफलताबारे पत्ता लगाउन सकिने विश्व स्वास्थ्य संगठनको विश्वास छ ।

‘मलेरिया विरुद्धको खोप आउनु आफैंमा ठूलो कुरा हो । नमूना परिक्षणबाट आएको नतिजाले वृहत प्रयोगबारे हामीलाई निर्णय लिन सजिलो पार्नेछ । यसबाट अफि्रकामा दशौं हजार मानिसहरुको जीवन बचाउन सम्भव हुनेछ’, अफि्रकाको लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. मात्सीडिसो मोएतीले भने ।

परिक्षणमा पाँचदेखि १७ महिनाकासम्मका ७ लाख ५० हजार बालबालिकालाई समावेश गरिनेछ । जसमध्ये आधालाई खोप लगाएर यसको प्रभावकारिताबारे अध्ययन गरिनेछ ।

घाना, केन्या तथा मलावीमा पहिले देखि नै मलेरिया रोकथामका लागि ठूला कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यी देशहरुमा ठूलो परिणाममा झुलको प्रयोगलाई बढावा दिइएको छ । यद्यपी यी देशहरुमा मलेरियाका विरामी धेरै हुने गरेका छन् ।

यही कारणले गर्दा विश्व स्वास्थ्य संगठनले पाइलटिङ्गका लागि यी तीन देशलाई रोजेको छ । ती कार्यक्रम कहाँ कहाँ सञ्चालन हुनेछ भन्ने विषयमा भने देश आफैंले निर्धारण गर्न सक्नेछ । यद्यपी मलेरियाको प्रकोप बढी भएको क्षेत्रलाई भने प्राथमिकतामा राखेर काम गरिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मलेरियाको रोकथामकै लागि विश्वमा प्रत्येक वर्ष नयाँ नयाँ कार्यक्रमहरु तय हुने गरेका छन् । त्यसबा बाबजुद विश्वमा प्रत्येक वर्ष करिब २१ करोड नयाँ रोगी देखा पर्ने गरेका छन् भने मलेरियाकै कारण बार्षिक झण्डै साढे चार लाखले ज्यान गुमाउने गरेका छन् ।

त्यसैगरी, मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफि्रकामा छ । मलेरियाको जोखिममा सबैभन्दा बढी बालबालिका छन् ।

नेपालका लागि पनि मलेरिया एउटा ठूलो समस्याको रुपमा देखिएको छ । नेपालमा मलेरियाका १ हजारभन्दा बढी संक्रमित रहेको तथ्यांक इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको छ । नेपालले सन् २०२५ सम्ममा मलेरिया उन्मुलन गर्ने योजना बनाएको छ । खाृप प्रभावकारी देखिएमा लक्ष्य अगावै नेपालमा मलेरिया उन्मुलन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment