Comments Add Comment

डब्बुले काठमाडौंको कथा खोतल्दै

काठमाडौं । सञ्चारकर्मी एवम् फिल्म निर्देशक डब्बु क्षत्रीले कथासंग्रह प्रकाशनमा ल्याउने भएका छन् । दुई दशकभन्दा लामो समयदेखि  पत्रकारितामा सक्रिय क्षत्रीले पहिलो कथाकृति ‘नमस्ते काठमान्डु’ ल्याउन लागेका हुन् ।

क्षत्रीले यौन उत्पीडनमा परेका समाजका विभिन्न वर्गको पीडालाई कथाको विषय बनाएको बताएका छन् । ‘समस्या खेपेर पनि आफ्ना पीडा लुकाउन विवश पात्रहरुलाई संग्रहका कथाहरुले अन्याय विरुद्ध लड्न हौसला दिनेछ’, क्षत्रीको दाबी छ ।

पुस्तक यही बैशाख २० गतेबाट बजारमा आउने क्षत्रीले जानकारी दिए । १८ वटा कथा समेटिएको पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment