Comments Add Comment

करिश्मासँगै नाचिन् साम्राज्ञी


अहिलेकी पुस्ताकी सर्वाधिक चर्चित नायिका हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह । साम्राज्ञीको एउटा मात्र चलचित्र रिलिज भएको छ भने, ३ वटा चलचित्र रिलिजको तयारीमा छ । उनै, साम्राज्ञीले नायिका करिश्मा मानन्धरसँग कम्मर मर्काएकी छिन् ।

नयाँ शक्ति नेपालमा व्यस्त भएपछि करिश्माले चलचित्रको छायांकनमा समय दिन पाएकी थिइनन् । तर, चुनावी प्रचारलाई नै छाडेर उनी मंगलबार एक चलचित्रको गीतको छायांकनमा व्यस्त भइन् । ‘तिमी सँग’ नामक चलचित्रको गीतमा करिश्मा र साम्राज्ञीले एकसाथ कम्मर मर्काए ।

शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । चलचित्रमा करिश्मालाई एउटा मात्र गीतमा दर्शकले देख्न पाउनेछन् । सबै नयाँ कलाकार भएकाले पनि उनीहरुलाई हौसला दिन आफू नाच्न तयार भएको करिश्माको भनाई थियो ।

लोक लयमा आधारित यो गीतमा चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठले पनि कम्मर मर्काएका छन् । नृत्य निर्देशक रामजी लामिछानेको जन्मदिनको अवसरमा छायांकन सेटमा केक पनि काटिएको थियो ।

निर्देशक शिशिर राणाले चलचित्रका केही दृश्य मात्र खिच्न बाँकी रहेको भन्दै चाडै नै प्रदर्शन मिति तय गरिने बताए । उनका अनुसार, चलचित्रमा ७ वटा गीत समावेश छ ।

तस्बिरः मिलन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment