Comments Add Comment

सरकारको जवाफले एमालेको चित्त बुझेन, संसद् बैठक अवरुद्ध

फाइल तस्वीर

१३ बैशाख, काठमाडौं । चुनावको मिति घोषणा भइसकेको अवस्थामा स्थानीय तहको संख्या बढाउन नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

११ जिल्लामा मात्र स्थानीय तह बढाउने गरी परिपत्र भएको भन्दै एमालेले मंगलबार पनि सदन अवरुद्ध पारेको थियो । बुधबारको बैठकको सुरुमा स्थानीय विकास मन्त्री कमल थापाले यसबारे जवाफ दिएका थिए ।

मन्त्री थापाले चुनाव सुनिश्चित गर्न र मधेसी मोर्चालाई चुनावमा ल्याउने वातावरण बनाउन केही जिल्लामा स्थानीय तहको संख्या पुनराबलोकन गर्न लागिएको बताए ।

तर, मन्त्री थापाको जवाफले एमालेको चित्त बुझेन र संसद बैठक अवरुद्ध गरेको छ ।

थापाले जवाफ लगतै एमाले सांसद उठे र प्रमुख सचेतक भानुभक्त ढकालले स्थानीय विकासको संख्या बढाउन सबैधानिक रुपमा त्रुटीपूर्ण रहेको बताए । उनले भने, यो जवाफ चिक्त बुझ्दो भएन र सदन अगाडि बढ्न दिन सकिन्न ।’

एमालेको अवरोधपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment