Comments Add Comment

२५ बर्षीय इंग्लिस क्रिकेटरले किन लिए सन्यास ?

१३ बैशाख, काठमाडौं । २५ बर्षीय इंग्लिस क्रिकेटलर जफर अन्सारीले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् ।

आश्चर्यजनक रुपमा आएको उनको सन्यासको खवरलाई पुष्टि गर्दै र आम मानिसलाई विश्वस्त पार्दै अलराउण्डर जफरले भनेका छन्, ‘म यो कारणले क्रिकेबाट टाढिँदैछु कि क्रिकेटभन्दा पर म आफ्नो अरिअर खोज्न चाहन्छु, सम्भवतः त्यो कानून हुनेछ । त्यसका लागि मैले सुरुदेखि नै संघर्ष गर्नुपर्नेछ ।’

जफरले २०१५ मा आयरल्याण्डबिरुद्ध इंग्ल्याण्डको एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । साथै गत बर्ष भएको बंगलादेश र भारत भ्रमणका क्रममा उनी इंग्लिस टेष्ट टिममा परेका थिए । दुवै सिरिजमा गरी उनले तीन खेल खेले ।

त्यसअघि उनी २०१५ को अन्तिममै इंग्लिस टेष्ट टोलीमा परेका थिए, तर अन्तिम समयमा हातको औंला भाँच्चिएपछि उनी पछाडि र्फकनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment