Comments Add Comment

हाँस्नुहोस् त मज्जाले, यस्तो छ फाइदा

हामी धेरैले भेउ पाएका छैनौं, वास्तवमा हामी हाँस्न जान्दैनौ । कसरी हाँस्ने त्यो थाहा छैन । किन हाँस्ने त्यो पनि थाहा छैन । हाँस्नु आफैमा राम्रो हो भन्ने कुरा त हामी जान्दछौं । तर, हाँस्ने अभ्यास गर्दैनौ । हाँस्ने बाहाना खोज्दैनौं ।
जब धक खोलेर हाँस्छौं, तत्कालै केहि फाइदा देखिन्छ । जस्तो कि, तपाई आसपासको वातावरण एवं माहौल रमाइलो बन्छ । अर्कोचाहि तपाईको मन प्रशन्न हुन्छ । एकैछिनलाई सहि, पीडा र तनाव भाग्छ । त्यसबाहेक अरु थुप्रै फाइदा छ, हाँस्नुको ।हाँस्नु आफैमा यस्तो उपचार विधी हो, जसले हामीलाई शारीरिक र मानसिक रुपले स्वस्थ्य बनाउँछ । ताजा महसुष गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।

हृदय एवं मुटुको व्यायाम

हाँस्दा हाम्रो मुटुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन पाउँछ । हामीले हाँसेको बेला शरीरले एन्डोफिर्न रसायन पैदा गर्छ, यसले हृदयलाई बलियो बनाउन सहयोग गर्छ । हाँस्ने बानीले हृदयघातको खतरा कम हुन्छ ।

शरीरमा अक्सिजन पुग्छ

जब हामी धक खोलेर हाँस्छौ, शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यहि अक्सिजनको उपस्थितीले क्यान्सर कोशिका र हानिकारक व्याक्टेरिया नष्ट हुन्छ । साथसाथै प्रतिरक्षायन्त्र समेत मजबुद हुन्छ ।

प्रशन्न मन

यदि बिहान उठेर हास्य ध्यान योग गरियो भने दिनभर प्रशन्न रहन सकिन्छ । हास्य योगले हाम्रो शरीरमा केहि प्रकारका हर्मोन स्राव हुन्छ, जसले मधुमेह, कम्मर दुखाई एवं तनाव जस्ता समस्या आउन दिदैन ।

सकारात्मक उर्जा प्रवाह

तपाई आफैले अभ्यास गर्नु सक्नुहुन्छ, मज्जाले हाँसेपछि शरीरमा स्फूर्ति बढ्छ । सकारात्मक उर्जा प्रवाह हुन्छ ।

मोटोपन नियन्त्रण

मस्त हाँस्ने अभ्यासले तपाई मोटोपनको शिकार हुनुपर्दैन । किनभने दिनमा एक घण्टा हाँस्नुहुन्छ भने, तपाईको चार सय क्यालोरी उर्जा खपत हुन्छ । यसले मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ ।

कसरी हाँस्ने ?

हाँस्नका लागि ठूलो बाहाना चाहिदैन, तर मुड भने बनाउनुपर्छ । यसका लागि तपाई चाहे चुट्किला पढ्नुहोस् वा फन्नी फिल्म हेर्नुहोस् । बच्चासँग उन्मुक्त खेल्नुहोस् । आफ्ना पार्टनरसँग ठट्टा गर्नुहोस् । कति कुरालाई हल्का तर रमाइलो ढंगले प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्, जसले हाँस्ने माहौल तयार गर्छ । कहिले कहि मूर्खतापूर्ण प्रश्नहरु गरेर पनि हाँस्न सकिन्छ । तपाईको साथी सर्कल, पारिवारिक वातावरण हँसमुख भए अझ उत्तम हुन्छ ।

२०७४ वैशाख १३ गते ११:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment