Comments Add Comment

अमेरिकी वैज्ञानिकहरुले बनाए ‘कृत्रिम गर्भ’ !

काठमाडौं । अमेरिकी बैज्ञानिकहरुले गर्भावस्थाको निर्धारित समय अगावै जन्मने शिशुहरुका लागि निक्कै उपयोगी ‘कृतिम गर्भ’ विकास गर्न सफल भएका छन् ।

हालसम्म भेडामा मात्र परिक्षण गरिएको कृतिम गर्भलाई भविष्यमा २३ हप्ताको भु्रण वा सो भन्दा माथिका शिशुको जीवन रक्षाका लागि उपयोग गर्न सकिनेमा बैज्ञानिकहरु आशाबादी छन् ।

मंगलबार ‘नेचर कम्युनिकेशन’ नामक जर्नलमा प्रकाशित अध्ययन अनुसार आठ वटा जनावरमा परिक्षण गरिएको मानव निर्मित उक्त गर्भले प्रभावकारी ढङ्गले काम गरेको पाइएको छ ।

‘कृतिम गर्भमा भेडालाई भु्रणबाट विकसित गराउन हामी सफल भएका छा’, अमेरिकाको फिलाडेल्पिmयास्थित चिल्ड्रन्स अस्पतालमा कार्यरत भु्रण शल्यचिकित्सक तथा प्रमुख अनुसन्धानकर्ता डा. ऐलान फ्लेकले भने,’उनीहरुको विकास सामान्य तरिकाले भएको छ । उनीहरुको फोक्सोको विकास राम्रोसँगले भएको छ । हामीले परिक्षण गरेका हरेक भागको विकास राम्ररी भएको पाएका छौ ।’

अबको तीनदेखि पाँच वर्षभित्रमा मानव भु्रणमा पनि यस किसिमको परिक्षण गर्न सकिनेमा फ्लेक लगायतका अनुसन्धानकर्ताहरुको टोलीले आशा लिएका छन् ।

फ्लेकका अनुसार मानव निर्मित कृतिम गर्भलाई अनुसन्धानकर्ताहरुले प्राकृतिक गर्भको नजिक रहेर विकास गरेका छन् ।

मानव भु्रणमा यसको सफल परिक्षण गरिए यसले हजारौ भु्रणको ज्यान बचाउन सकिने अन्य अनुसन्धानकर्ताहरुको अनुमान छ ।

प्लाष्टिक व्याग युुक्त यस गर्भमा सिन्थेटिक आमनियोटिक पदार्थ भरिएको छ । यसको बाहिरी भागमा रहेको मेसिन अमविलिकोल तारसँग जोडिएको हुन्छ ।

प्लासेन्टाको रुपमा काम गर्ने यो तारले गर्भमा रहेको भु्रणलाई पौष्टिक तत्व तथा अक्सिजन प्रदान गनुका साथै भित्र रहेको कार्वन डाइअक्साईलाई बाहिर निकाल्छ ।

सामान्यतः एउटा गर्भावस्था ४० हप्तासम्ममा टुङ्गनिे गर्दछ । मानव निर्मित यस यन्त्र २३/२४ हप्तापछिको भु्रणको लागि निर्माण गरिएको हो ।

यद्यपी ती मध्ये आधा भु्रणमात्र जीवित रहने गर्छन् । त्यसमध्ये पनि झण्डै ९० प्रतिशत शिशुमा प्यारालाइसित, अन्धोपन, मनोवैानिक समस्या लगायतक विभिन्न शारीरीक एवं मानसिक समस्या उत्पन्न हुने गर्दछ ।

अमेरिकामा मात्र वर्षेनी ३० हजारको हाराहारीमा २६ हप्ता भन्दा अगावै शिशु जन्मने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment