Comments Add Comment

अमेरिकाका २१ वर्षीय मेयरले दिए रञ्जु दर्शनालाई  शुभकामना (भिडियोसहित)

काठमाडौँको मेयरमा जिते अमेरिकामा तालिम दिइने

१४ बैशाख, अमेरिका । वाशिंगटन डीसी अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीका नगर प्रमुख (मेयर) ले रञ्जु दर्शनालाई बिजयीका लागि अमेरिकाबाट शुभकामना संदेश दिएका छन् ।

२१ वर्षीया रञ्जु काठमाडौँ महानगरपालिकाका लागि नगर प्रमुखकी उम्मेदवार रहेको चर्चा परिचर्चा अमेरिकामा पनि सुनेपछि उनले श्रब्य-दृश्य (भिडियो )मार्फत शुभकामना दिएका हुन् ।

उपनगर प्रमुख किरण सिटौलाका साथै नगर प्रमुख तथा नगर परिषद सदस्यले पनि नेपाली टोपी लगाएर सन्देश दिएका छन् ।

अमेरिकाको मेरिल्याण्डको कार्यालयमा अप्रिल २६ तारिखका दिन बसेको बैठकको समाप्तिपछि नगर प्रमुख ब्रानडन पलिन, उपनगर प्रमुख नेपाली मूलका किरण सिटौला तथा नगर परिषद सदस्य कर्टिस स्मिथले एकै लहरमा बसी शुभकामना दिएका छन् ।

नगरपालिकामा निर्वाचित भएकामध्ये २१ बर्षीय युवा नगर प्रमुख ब्रानडनले आफू पनि २१ बर्षीय हुँ र रञ्जु पनि २१ बर्षकी हुन् भन्दै बिजयीको कामना गरेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौला इतिहास कोर्दै  मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर उपप्रमुखमा निर्वाचन द्वारा सन् २०१५ मा बिजयी भएका हुन् ।

स्मरण रहोस्, सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारीबाट जित हात पारेका थिए ।

नगर प्रमुखमा बिजयी भएका श्वेत उम्मेदवार ब्रानडन पलिन सिटौला भन्दा ५७ मत ज्यादा प्राप्त गरी बिजयी भएका थिए ।

किरण सिटौला आगामी मे ४ तारिख नेपाल उड्ने भएका छन् । उनको समर्थन युवा पुस्ताको  प्रतिनिधित्व गर्दै मैदानमा होमिएकी रञ्जु लगायत सम्पूर्ण युवालाई समर्थन रहने बताए । १९ वर्षीय ब्रान डनले अमेरिकाको नगर प्रमुख बन्न सक्छन् भने २१ बर्षीय रन्जुले पनि काठमाडौँ को नगर प्रमुख सजिलोसँग चलाउन सक्ने बताए ।

उनले भने- २१ बर्षीया रन्जुमा सम्भावना रहेको आफुले देखेको छु । उनले अगाडि भने-उनीसँग क्षमता छ र पारदर्शिताको दर्शन छ ।

अब युवाहरुलाई विश्वास गर्नुपर्ने उनले बताए । रञ्जुले चुनाव जितेको खण्डमा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेडका तर्फबाट उनलाई तालिम आदि इत्यादिका लागि नेपालमै गएर हुन्छ कि अमेरिकाको भ्रमणमा ल्याएर भए पनि उनलाई सक्षम बनाउने प्रतिवद्धता जाहेर गरे ।

२१ बर्षीय रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौंको नगर प्रमुखकी उम्मेद्वार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment