Comments Add Comment

एमालेले ब्यूँतायो ‘नौ दलीय गठवन्धन’, संशोधन असफल बनाउने रणनीति बनाउँदै

एमाले नेतृत्वको नौ दलीय गठबन्धन । गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी भने हाल छैन ।

१४ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘नौ दलीय गठवन्धन’ ब्यूँताएको छ । सविधान संशोधन विधेयक संसदको प्रक्रियामा अघि बढेपछि एमालेले विपक्षी दलहरुको गठवन्धनलाई फेरि सक्रिय बनाउन लागेको हो ।

एमालेले विपक्षी दलहरुको बैठक मध्याहृन १२ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको छ । बैठकमा संविधान संशोधन विधेयक असफल बनाउने रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले मंसिरमा सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएपछि एमालेले विपक्षी नौ दलको गठवन्धन बनाएर आन्दोलन गरेको थियो । तर, संशोधन अघि बढ्न नसकेपछि नौ दलीय गठवन्धन निश्क्रिय भयो ।

साथै राष्ट्रिय दल बन्ने क्रममा तीन प्रतिशत थ्रेस होल्ड राख्ने क्रममा नौ दलीय गठवन्धनमा विवाद समेत भएको थियो । आफूहरुलाई बेवास्ता गरिएको भन्दै यो गठवन्धनमा आवद्ध साना दलहरु एमालेसँग रुष्ट भएका थिए ।

विपक्षी गठवन्धनमा आवद्ध राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापाले फोरम लोकतान्त्रिकसँग एकता गरिसकेका छन् । सांसद सीमाकुमारी विक भने नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेकी छन् ।

एमालेले आफूहरुलाई उपयोग मात्र गरेको भन्दै थापाले ‘नौ दलीय गठवन्धन’मा नजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment