Comments Add Comment

अवार्ड फिर्ता लैजान अक्षयको चेतावनी


हिन्दी चलचित्र ‘रुस्तम’बाट ‘नेशनल अवार्ड’ पाएपछि बलिउड नायक अक्षय कुमारको विषयमा धेरै खाले टिका टिप्पणी भयो । यतिसम्मकी कतिपयले अक्षय अवार्डको हकदार होइनन् समेत भने । पहिलो पटक अक्षयले अवार्डको सन्दर्भमा मुख खोल्दै भने-‘मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ ।’

सामाजिक सञ्जालमा पनि अवार्डले राम्रै चर्चा पायो । कतियपले यो पनि भने कि-‘अक्षय सत्ताधारी भाजपासँग नजिक छन्, त्यहि भएर अवार्ड पाए ।’ २५ वर्षदेखि चलचित्र उद्योगमा सक्रिय रहेको भन्दै अक्षयले भने-‘यो विवाद नौलो होइन । हरेक वर्ष अवार्ड पाएपछि विवाद हुन्छ । मैले २६ वर्ष काम गरेपछि पाएँ, त्यो पनि विवाद भयो ।’

प्रारम्भको एक दशकसम्म आफुले एक्सन चलचित्रमा काम गरेको भन्दै उनले भने-‘एक्सन चलचित्रमा अभिनय जरुरी हुन्नथ्यो । अहिले म जुन स्थानमा छु, एक्सनकै कारण सम्भव भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment