Comments Add Comment

फोटो पत्रकारिता अवार्डमा सुदर्शन रञ्जित खेलकुदतर्फ उत्कृष्ट

१४ बैशाख, काठमाडौं । नेपाल फोटो पत्रकार समूह एनएफपिजेले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७३ को खेलकुद बिधातर्फ पोखराका फोटो पत्रकार तथा अनलाइनखवरकर्मी सुदर्शन रञ्जितको तस्वीर उत्कृष्ट भएको छ ।

बुधबार आयोजित पहिलाो संस्करणको अवार्ड समारोहमा उनले अवार्डसहित २५ हजार पुरस्कार प्राप्त गरे ।

अवार्डको यस बिधातर्फ पाँच जनाको तस्वीर मनोनयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइफटाइम लगायत १३ बिधामा अवार्ड प्रदान गरेको थियो ।

पोखरामा केहि समयअघि सम्पन्न भेट्रान्स फुटबल प्रतियोगितामा माछापुच्छ्रे हिमाललाई पृष्ठभूमि बनाए रन्जितले खिचेको तस्वीर उत्कृष्ट ठहरिएको हो ।

लामो समयदेखि पोखरामा फोटो पत्रकारिता गर्दै आएका ५४ बर्षीय रञ्जितले यसअघि पनि आइसीसीको अवार्ड जितिसकेका छन् । पोखरामा क्रिकेट खेलिरहेका बालबालिकाको तस्वीरलाई आइसीसीले डेभलपिङ अवार्ड प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment