Comments Add Comment

मर्मत गरिएको नोट सेभेन बजारमा आउँदै, मूल्य ३० हजार कम

ब्याट्री पडि्कने समस्यापछि बजारमा पठाएका सबै ग्यालेक्सी नोट सेभेन फिर्ता लिएर उत्पादन नै बन्द गरेको सामसुङले फिर्ता लिएका नोट सेभेन मर्मतपछि पुनः बजारमा पठाउने भन्ने समाचारलाईर् यसअघि नै पुष्टि गरिसकेको छ ।

यद्यपि मर्मत गरिएका नोट सेभेनको बिक्रि कहिलेदेखि सुरु हुने भन्ने जानकारी चाहीँ सामसुङले आधिकारिक रुपमा गराइसकेको छैन । तर पछिल्लो एक रिपोर्टले आउँदो जुन महिनादेखि ग्यालेक्सी नोट सेभेन बजारमा आउने दाबी गरेको छ ।

इटी न्यूज वेबसाइटका अनुसार सामसुले मर्मत गरिएका नोट सेभेन सबैभन्दा पहिले दक्षिण कोरियामा बिक्रि गर्नेछ ।

समाचार अनुसार ग्यालेक्सी नोट सेभेनको मूल्य दक्षिण कोरियाली बजारमा ७ लाख कोरियन वन पर्नेछ । यो भनेको झण्डै ६४ हजार नेपाली रुपैयाँ हो । जबकी सुरुमा लञ्च गर्दा गतवर्ष ग्यालेक्सी नोट सेभेनको मूल्य ९ लाख ८८ हजार ९ सय कोरियन वन अर्थात् झण्डै ९६ हजार तोकिएको थियो ।

मर्मत गरिएको नोट सेभेनमा ब्याट्रीको साइज यसको ओरिजिनल भर्सनमा भन्दा सानो हुनेछ । समस्याग्रस्त ३५ सय मिलिएम्पियर आवरको ब्याट्रीको साटो यसमा ३ हजार देखि ३२ सय मिलि एम्पियर आवरको ब्याट्री प्रयोग गरिनेछ ।

फिर्ता लिएका ३० देखि ४० लाख नोट सेभेन मध्ये मर्मत गरिएका ३ लाख नोट सेभेन कोरियामा बेच्ने लक्ष्य सामसुङको छ ।

नोट सेभेनको नाम पनि बदलेर नोट सेभेन आर राखिनेछ । जहाँ आर को अर्थ रिफर्बिस्ड अर्थात् फिर्तापछि मर्मत गरिएको भन्ने हुन्छ ।

स्मरण रहोस् ग्यालेक्सी नोट सेभेनमा ५.७ इन्चको क्वाड एचडी डुअल एज सुपर एमोलेड डिस्प्ले, १४४० गुणा २५६० पिक्सेल रिजोलुसन र स्क्रिनमा कोर्निंग गोरिल्ला ग्लास लगाइएको छ । त्यसमा अक्टाकोर एक्जीनोस ८८९० प्रोसेसर तथा ४ जिबीको र्याम रहेको छ । साथै नोट सेभेनमा १२ मेगापिक्सेलको डुअल पिक्सेल क्यामरा रहेको छ जसमा अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि रहेको छ । साथै यसमा ५ मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment