Comments Add Comment

कार्गोको शुल्क नबढाउन नागरिक उड्डयन प्राधिकरणको निर्देशन


१४ वैशाख काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडलाई नागरिक उड्डयनले प्राधिकरणले तत्कालका लागि कार्गाेको शुल्क बृद्धि नगर्न निर्देशन दिएको छ । कार्गो शुल्क एक हजार प्रतिशतसम्म बढाइएको थियो ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काललाई शुल्क वृद्धि नगर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता बिरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने ‘कसैसँग पनि छलफल नगरी भाडा बढाएको पाएकाले हामीले तत्कालका लागि भाडा नबढाउन निर्देशन दिएका हौं ।’

भाडा बढेपछि आयात निर्यातसँग सम्वन्धित १४ संस्थासँग मिलेर कुरियर संघले आन्दोलन गरिरहेको थियो । जसका कारण आयात निर्यातको काम प्रभावित भएको थियो । १३ गुणासम्म भाडा वृद्धि भएको भन्दै कार्गाे व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

शुल्क बढाइएपछि नेपाल चेम्बर अफ कमर्स, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल हस्तकला महासंघसहित विभिन्न ब्यवसायी तथा श्रमिकका संघहरुको आन्दोलन आयात-निर्यात ठप्प पारेका थिए ।

कम्पनीले विभिन्न ६ वटा समूहमा वर्गीकरण गरेर शुलक बढाएको छ । साधारण, बहुमूल्य, नासवान, खतराजन्य, एक्सप्रेस कुरियर र जीवित जनावर गरेर ६ वटा समूहमा समानको वर्गीकरण गरिएको छ ।

कम्पनीले विमानस्थल दस्तुर नियमावलीअनुसार कार्गोको दस्तुर बढाएको बताएको थियो । यसअघि पनि बढाइएको मूल्य ब्यवसायीको दबावमा कार्यान्वयन भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment