Comments Add Comment

श्रीमतीको प्रेममा आफ्नै खुट्टा काटे यी महापुरुषले

प्रेमका कथा थरीथरीका सुन्नुभएको होला तपाइँले । कसैले प्रेममा जुनतारा टिप्ने कुरा गर्छन् त कसैले प्रेम नपाए मरिहाल्ने अठोट गर्छन् । तर मायामा गरिने यस्ता कुराहरु ‘यी त सब भन्ने कुरा न हुन्’ भनेजस्तै हुने गर्छन् धेरै हदसम्म । चीनका एक व्यक्तिको प्रेमको कथा भने अहिलेको स्वार्थी दुनियालाई चक्मा दिने खालको छ । उनले आफ्नी पत्नीको खुसीका लागि आफ्नो एउटा खुट्टा नै चक्कुले काटिदिएका छन् ।

आखिर कोही मानिसले आफ्नो स्वास्नीको खुसीको नाउँमा आफ्नो खुट्टा नै कसरी काट्न सक्ला ? अनि कुनै महिलाले आफ्नो लोग्नेलाई खुट्टै काट्न भन्लिन् र ? सायद यो कल्पना पनि गर्न नसकिने कुरा हो । तर चीनका एक गरीब किसान झेंग यानलियांगले भने यो कल्पनालाई सही सावित गरिदिएका छन् ।

वास्तवमा सन् २०११ मा झेनको खुट्टामा रगत जम्ने समस्या देखा पर्यो । डाक्टरहरुले शल्यक्रिया गर्नुपर्छ भने । तर उनीसँग शल्यक्रिया गर्न पुग्ने पैसा कहाँबाट हुनु ? डाक्टरले ३ महिनामा अपरेशन नगरे जिउभरी संक्रमण फैलिएर ज्यानै जाने चेतावनी दिए ।

यानलियांगले आफ्नो स्थितिसँग सम्झौता गरेका थिए तर उनकी पत्नी यसबाट निकै दुखी थिइन् । उनलाई आफ्नो मृत्युभन्दा धेरै चिन्ता श्रीमतीले पाउने दुखको बारेमा थियो । त्यसैले सन् २०१२ को एक रात जब पत्नी सुतिरहेकी थिइन् तब उनले फलफूल काट्ने चक्कुले जाँघ भन्दा तलको आफ्नो खुट्टा च्वाट्टै काटे । त्यसो गर्दा उनको खुट्टाबाट ह्वालह्वाली रगत निस्कियो र निकै पीडा पनि भयो । त्यसपछि उनले श्रीमतीलाई ब्युँझाए । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो ।

अस्पतालमा उनको उपचार गरियो र उनी निको भयो । आफ्नो हिम्मतका कारण डाक्टरले शल्यक्रिया गरेर काट्नुपर्ने खुट्टा आफै छिनालेर उनले अभावका बीच आफ्नो ज्यान त जोगाए पत्नीको खुसीको पनि रक्षा गरे र अमर प्रेमको उदाहरण प्रस्तुत गरे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment