Comments Add Comment

पेटमा जुम्ल्याहा बच्चा भएकै बेला महिला पुनः गर्भवती, एकसाथ जन्माइन् ३ बच्चा

यो मानवजातिको इतिहासमा दुर्लभ घटना हो । पछिल्लो एक सय वर्षमा दुनियामा केवल ६ वटा यस्ता घटना भएका छन् ।

एक बेलायती महिला आफ्नो पेटमा जुम्ल्याहा बच्चाको गर्भ बोकिरहेकै बेला फेरि गर्भवती भइन् र एकसाथ तिनवटा बच्चा जन्माइन् ।

जब कुनैपनि महिलामा गर्भाधान गरेको दुई हप्ता वा एक महिना भित्रमा पुनः अर्को गर्भ रहन्छ तब त्यसलाई चिकित्साको भाषामा सुपर फोएटेसन भनिन्छ ।

सामान्य रुपमा यस्तो हुँदैन । दुनियामा पहिलोपटक सन् १८६५ मा यस्तो घटना सार्वजनिक भएको थियो । पछिल्लो सय वर्षमा केवल ६ वटा सुपर फोएटेसनका घटना भएका छन् ।

यस्तो अवस्थामा सधै सकारात्मक नतिजा निस्किँदैन । कहिलेकाहीँ गर्भ नै तुहिन्छ भने कहिलेकाहीँ समयभन्दा पहिले डेलिभरी गराउनु पर्दछ । तर कहिलेकाहीँ भने चमत्कार नै हुन्छ र तिनचार महिनाको अन्तरमा गर्भ रहेका भ्रुण पनि आमाको कोखबाट एकैचोटी जन्म लिन्छन् ।

केही समय अघि इटालीको रोममा पनि यस्तै घटना भएकेा थियो । गर्भ रहेको ३।४ महिनापछि एक महिला पुनः गर्भवती भएकी थिइन् र बच्चा जन्माएकी थिइन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment