Comments Add Comment

दुनियाको अन्तिम सेतो गैँडा अब ‘डेटिङ एप’ मा


विश्वको दुर्लभ प्रजातिको सेतो गैँडाको अन्तिम भाले सदसय अब डेटिङ एपमा पनि जोडिएको छ । केन्यामा गैडा रक्षाको लागि काम गर्ने वन्यजन्तुकर्मीहरुले वन्यजन्तु सुरक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यका साथ यो सेतो गैँडालाई डेटिङ एप टिन्डरमा जोडेका हुन् ।

यो सेतो भाले गैँडाको उमेर ढल्किरहेको छ र ऊ केन्याको जंगलमा आफ्ना दुई पोथी साथीहरुसँग बसिरहेको छ ।

उक्त गैँडाको प्रजननका लागि अहिलेसम्म गरिएका प्रयासहरु सफल हुन सकेका छैनन् ।

यो गैँडाको प्रजाति जोगाउनका लागि गैँडाको कृत्रिम प्रजनन अर्थात् इनभिट्रो फर्टिलाइजेसन प्रविधिको आविष्कार गर्नु आवश्यक हुन्छ र यसका लागि एक करोड डलर आवश्यक पर्दछ । त्यसैले सो रकम जम्मा गर्नका लागि उक्त गैडालाई टिन्डरमा जोडिएको छ ।

यो गैँडालाई तस्करहरुले मार्छन् की भनेर यसलाई २४ से घण्टा सुरक्षा घेरामा राखिएको छ ।

यो गैँडाको नाम सूडान हो । उसको टिन्डर प्रोफाइलमा लेखिएको छ: मैले धेरै टाढाको कुरा गर्न चाहन्न तर यथार्थ त यो हो की मेरो प्रजातिको भविष्य केवल तपाइँको हातमा टिकेको छ ।

गैँडाको सुरक्षा तथा बचावटको लागि काम गर्ने वन्यजन्तु संरक्षणकर्मीहरुको विश्वास छ की सूडानको टिन्डर प्रोफाइलले उसको प्रजनन प्रक्रियाका लागि आवश्यक रकम जुटाउनमा मद्दत गर्नेछ ।

एक अनुमान अनुसार अवैध सिकारीहरुले सेतो गैँडाको सिङलाई ५० हजार डलर प्रति किलोको हिसाबले बेच्ने गर्छन् ।

वन्यजन्तु संरक्षणकर्मीहरुको चिन्ता छ की यो अन्तिम भाले गैँडा उसको प्रजाति बचाउने रकम जुट्नु अघि नै बुढेशकालले मर्नसक्छ वा उसलाई तस्करहरुले मार्न सक्छन् । यो गैँडा अहिले ४३ वर्षको भैसकेको छ ।

गैँडा विज्ञका अनुसार यो खतरा सदैव रहेको छ, किनकी ऊ बुढो भैसकेको छ र ऊ अवश्य छिटै मर्नेछ । साथै तस्करहरुले उसलाई कुनैपनि बेला मार्ने खतरा पनि रहेको छ । -बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment