Comments Add Comment

प्रभु बैंकको नाफा ९२ प्रतिशत बढ्यो, नाफा बराबरकै खराब कर्जा असुल


१४ बैशाख, काठमाडौं । प्रभु बैंकको नाफा करिब ९२ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७५ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब ४४ करोड रुपैयाँ कमाएको हो ।

बैंकले नाफा रकम बराबर कै राइट ब्याक गरेको छ । यसअघि खराब कर्जामा रहेको १ अर्ब ४० करोड रुपैयाँ उठाउन बैंक सफल भएको देखिन्छ । बैंकको खराब कर्जाको दरमा आधाले कटौती आएको भएपनि अझै उच्च छ । कुल कर्जामा खराब कर्जाको दर ४.३२ मा रहेको छ । बैंकले २९ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको व्यवसाय आकारमा पनि बढोत्तरी भने भएको छ । गत वर्ष १ अर्ब २२ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ९५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ६० प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले करिब ५७ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमामा टाइट नै देखिएको छ । यो अनुपात ११.०६ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) केही खुकुलो भएको छ । यो दर ७१.८१ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोष १ अर्ब ८९ करोड रुपैयाँले सकारात्मक भएको छ । गत आवको तेस्रो त्रैमाशमा भने यो १७ करोडले नकारात्मक थियो ।

बैंकको निक्षेप ३१ प्रतिशतले बढेर ७१ अर्ब र कर्जा ३४ प्रतिशत बढेर ५९ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ६.३५ प्रतिशतको तुलनामा बढेर ८.२६ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.४५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ रहेको छ । बैंकले सेयरमा प्रतिफल उच्च कायम गर्न सफल भएको छ । गत आवमा १९.९६ रहेको बैंकको सेयरमा प्रतिफल चालु आवको दोस्रो त्रैमाशमा भने ३०.५० थियो । तेस्रो त्रैमाशमा भने केही घटेर २४.८० प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment