Comments Add Comment

गैरसरकारी संस्थालाई निर्वाचन आयोगको आग्रह- चुनावमा निष्पक्ष भूमिका होस्


१४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले गैह्रसरकारी संघ संस्थाका प्रतिनिधिलाई निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

गैह्र सरकारी संघ संस्थासँग निर्वाचन आयोगले बिहीबार राजधानीमा गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले निर्वाचन आचार संहितालाई पालना गर्दै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

स्थानीयस्तरमा निर्वाचन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका गैह्रसरकारी संघ संस्था कुनै राजनीतिक दल विशेषसँग नजिक हुनसक्ने र त्यहाँका प्रतिनिधिको आस्था कुनै दल निकट सक्ने भएकाले मतदाता शिक्षा कार्यक्रममा भने स्वतन्त्र र निष्पक्ष बन्न उनले आग्रह गरे ।

उनले भने, ‘मत खरिद बिक्री हुनु हुँदैन भन्ने सन्देश दिने गरी अभियान चलाउनुस् ।’

मुलुकभर झण्डै ५० हजारको हाराहारीमा गैह्रसरकारी संस्था छन् । तिमध्ये अधिकांशले स्थानीय स्तरमा मतदाता शिक्षा र निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment