Comments Add Comment

नेविसंघमा ३ केन्द्रीय सदस्य मनोनित

संजीव न्यौपाने, तीर्थ गौतम र मनीषजंग थापा (बायाँबाट क्रमशः) ।

१४ बैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा तीन जना मनोनित भएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले संजीब न्यौपाने, तीर्थ गौतम र मनीषजंग थापालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।

नेविसंघको विधानमा पदाधिकारी र सदस्यसहित २२ जना मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष महरले महाधिवेशन सकिएको आठ महिनापछि तीन जनामात्र मनोनित गरे पनि १९ जना मनोनित हुन अझै बाँकी छ ।

नेविसंघ अध्यक्ष महरले अब स्थानीय चुनावपछि थप मनोनित गरी पूर्णता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment