Comments Add Comment

लमजुङमा एमाले-माओवादीबीच चुनावी तालमेल, एक्लै जित्ने कांग्रेसको दाबी

१४ बैशाख लमजुङ । स्थानीय चुनावमा लमजुङमा पनि नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र विपक्षी एमालेबीच गुल्मीपछि लमजुङमा पनि चुनावी मोर्चाबन्दी गर्ने घोषणा भएको हो । दुई दलबीच जिल्लामा रहेका ८ स्थानीय तह मध्ये एमालेले ५ र माओवादी केन्द्रले तीन वटा लिने सहमति भएको छ ।

समझदारी अनुसार माओवादीले दुधपोखरी र दोर्जी गाउँपालिकाको प्रमुख र मध्यनेपाल नगरपालिकाको मेयर पाउने सहमति भएको छ । माओवादीले प्रमुख लिएको तीन वटै स्थानीय तहको उपप्रमुख एमालेको भागमा परेको छ ।

एमालेले प्रमुख लिएको तीन स्थानीय तहको उपप्रमुख माओवादीले पाउनेछ । माओवादी केन्द्रले राइनस र सुन्दरबजार नगरपालिकाको उपमेयर तथा मस्र्यादी गाउँपालिकाको पनि उपप्रमुख लिने समझदारी भएको छ ।

बाँकीमा दुई स्थानीय तहको प्रमुख र उपप्रमुख दुबै एमालेले दिनेछ र त्यहाँ माओवादी केन्द्रले एमालेलाई सघाउने समझदारी भएको छ ।

समझदारी अनुसार मात्र उम्मेदवार

दुई पार्टीवीच आ-आफ्नोे भागमा परेको ठाउँमा मात्र उम्मेदवार उठाउने र संयुक्त प्रचार अभियान चलाउने समझदारी भएको छ । जसअनुसार माओवादी केन्द्रले प्रमुख पाउने ठाउँमा एमालेले उपप्रमुखको उम्मेदवारमात्र उठाउने पाउनेछ ।

दुवै पार्टीले उम्मेदवारको भने टुंगो भने लागेको छैनन् । उनीहरुले अव भने कुनै उम्मेदवारको टुंगो लगाउने बताएका छन् ।

कांग्रेस एक्लै भिड्ने

लमजुङमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हो । केन्द्रमा सत्ता साझेदार रहेको कांग्रेससँग तालमेल नहुने भएपछि माओवादीले प्रमुख विपक्षी एमालेसँग सहकार्यको हात अघि बढाएको हो ।

वि. सं. २०७० को संविधानसभा निर्वाचनमा जिल्लाको दुई क्षेत्रमध्य एकमा एमाले र एकमा कांग्रेस विजयी भएको थियो । २०६४ को निर्वाचनमा भने एउटाबाट माओवादी र एउटाबाट एमाले निर्वाचित भएका थिए ।

चुनावी एजेण्डा जित्ने मात्र

लमुजुङमा तीनवटै पाटीले अहिलेसम्म चुनाव जित्ने बाहेक विकास निर्माणसँग सम्वन्धित कुनै एजेण्डा अघि सारेका छैनन् ।

हरेक स्थानीय तहलाई आआफ्नो एजेण्डा बनाउन र जनतामा जान निर्देशन दिएको माओवादी केन्द्रका सांसद लालबहादुर गुरुङ्गले बताए । उनले भने, जिल्लाबाट एजेण्डा तोक्नु भन्दा स्थानीय तहकै समस्या सम्बोधन गर्ने एजेण्डा बनाउ भनेका छौं ।’

एमाले सांसद चन्द्रमान घलेले पनि जिल्लाको छुट्टै एजेण्डा नभएको बताए ।स्थानीय तहको आवश्यकता अनुसार फरक फरक एजेण्डा हुने भन्दै उनले पर्यटन विकास देखि सडक सञ्जाल विस्तार एजेण्डा रहेको बताए ।

कांग्रेस भन्छ-एक्लै जित्छौं

चुनावी तालमेलको समझदारीसँगैमाओवादी केन्द्र र एमालेले सबै तह जित्ने दाबी गरेका छन् । तर कांग्र्रसले भने ८ मध्ये कम्तिमा ५ स्थानीय तहमा एक्लै जित्ने दाबी गरेको छ । कांग्रेस नेता भेषबहादुर पौडेलेले भने, ‘एक्लै लड्दा पनि जित्ने भएकाले कोहीसँग तालमेल गरेनौं । दुई दलको तालमेलले ठूलो असर गर्दैन ।’

निर्वाचन संरचना

पहिलो चरणमै स्थानीय तहको निर्वाचन हुने जमजुङमा ४ गाउँपालिका र ४ नगरपालिका छ भने जिल्लाभरी ७५ वटा वडा छन् ।

जिल्लाभरका १ लाख ५ हजार ९ सय ९२ जना मतदाताका लागि १ सय २३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment