Comments Add Comment

भारतीय अभिनेता बिनोद खन्नाको निधन

१४ बैशाख, काठमाडौं । चर्चित भारतीय अभिनेता बिनोद खन्नाको बिहीबार निधन भएको छ ।

पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केहि समयअघि उनी निक्कै अस्वस्थ्य देखिने तस्वीर सार्वजनिक भएको थियो । तर उनका छोरा राहुल खन्नाले पिताको स्वास्थ्य अवस्था सुधार हुादै गएको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए ।

सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् ।

सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गरेका थिए । त्यस फिल्ममा उनी भिलेनको रोलमा थिए । त्यसयता उनले एक से एक अहिट फिल्म दिए । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट र चर्चित अभिनेता थिए ।

सन् १९९८ देखि राजनीतिमा पाइला राखेका बिनोद खन्ना पञ्जावको गुरदासपुरबाट चार पटक भारतीय जनता पार्टीका लागि सांसद निर्वाचित भएका थिए । सन् २००३ मा प्रधानमन्त्री अलट बिहारी बाजपेयीको क्याविनेटमा उनी बिदेश राज्यमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment