Comments Add Comment

माओवादीले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो

१४ बैशाख, सुर्खेत, । नेकपा माओवादी केन्द्रले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवारहरुको टुङगो लगाएको छ ।

जिल्लाबाटै सबै ९ वटा स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए ।

उम्मेदवार छनौट समितिले वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा पहिले उम्मेदवार छनौट गरेको थियो ।

वीरेन्द्रनगरको मेयरको उम्मेदवारमा रत्न गाहा र उप मेयरमा हरिमाया शर्मा रहेका छन् ।

यस्तै भेरीगंगा नगरपालिकाको मेयरमा कृष्ण गिरी र उप मेयरमा डिलसरा थापाको नाम टुङ्गो लागेको छ ।

पञ्चपुरी नगरपालिकाको मेयरमा नविक वि.क. र उपमेयरमा सीता पाण्डेको टुङगो लागेको भने गुर्भाकोट नगरपालिकाको मेयरमा हिराबहादुर थापा र नन्दकली वि.क.उपमेयरका उम्मेदवार बनेका छन् ।

यस्तै चिङगाड गाउँपालिकाको प्रमुखमा बोधबिक्रम जिसी, उपप्रमुखमा तेजकुमारी राना, बराह ताल गाउँपालिकाको प्रमुखमा बलबहादुर कठायत र उपप्रमुखमा गोमा गुरुङ उम्मेदवार रहेकाछन् ।

चौकुने गाउँपालिकामा खड्क बिवस बासपाने प्रमुख र बिमला जिसी उपप्रमुखका उम्मेदवार रहेका छन् ।

सीम्ता गाउँपालिकामा झुपबहादुर बहादुर बुढा मगर प्रमुख र चन्द्रकला खत्री उपप्रमुख, लेकबेसी गाउँपालिकामा खड्क बहादुर घर्ती मगर प्रमुख र आरति वि.क. उपप्रमुका उम्मेद्वार भएका छन् ।

लेकबेसीका उम्मेदवार घर्ती पहिलो संविधानसभाको निर्वाचनमा सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए ।

माओवादीले सुर्खेतका सबै गाउँपालिकाका वडाहरुमा पनि उम्मेदवार टुङगो लगाइसकेको संयोजक जिसीले बताए ।

                                  कुन स्थानीय तहमा कसले पायाे टिकट ,प्रमुख उपप्रमुखका उम्मेदवारहरु

वीरेन्द्रनगर नगरपालिका :  रत्न गाहा, हरिमाया शर्मा

भेरीगंगा नगरपालिका : कृष्णप्रसाद गिरी, डिलसरा थापा

पञ्चपुरी नगरपालिका :  धनबहादुर विक, सीता पाण्डे

गुर्भाकोट नगरपालिका : हिरा बहादुर थापा र नन्दकली वि.क.

चिङगाड गाउँपालिका : बोधविक्रम जिसी, तेज कुमारी राना

बराहताल गाउँपालिका : बलबहादुर कठायत, गोमा गुरुङ

चौकुने गाउँपालिका : खड्क बिवस बासपाने, बिमला जिसी

लेकबेसी गाउँपालिका : खड्क घर्ती, आरति वि.क.

सीम्ता गाउँपालिका : झुपबहादुर बहादुर बुढा मगर, चन्द्रकला खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment