१४ बैशाख, सुर्खेत, । नेकपा माओवादी केन्द्रले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवारहरुको टुङगो लगाएको छ ।
जिल्लाबाटै सबै ९ वटा स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए ।
उम्मेदवार छनौट समितिले वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा पहिले उम्मेदवार छनौट गरेको थियो ।
वीरेन्द्रनगरको मेयरको उम्मेदवारमा रत्न गाहा र उप मेयरमा हरिमाया शर्मा रहेका छन् ।
यस्तै भेरीगंगा नगरपालिकाको मेयरमा कृष्ण गिरी र उप मेयरमा डिलसरा थापाको नाम टुङ्गो लागेको छ ।
पञ्चपुरी नगरपालिकाको मेयरमा नविक वि.क. र उपमेयरमा सीता पाण्डेको टुङगो लागेको भने गुर्भाकोट नगरपालिकाको मेयरमा हिराबहादुर थापा र नन्दकली वि.क.उपमेयरका उम्मेदवार बनेका छन् ।
यस्तै चिङगाड गाउँपालिकाको प्रमुखमा बोधबिक्रम जिसी, उपप्रमुखमा तेजकुमारी राना, बराह ताल गाउँपालिकाको प्रमुखमा बलबहादुर कठायत र उपप्रमुखमा गोमा गुरुङ उम्मेदवार रहेकाछन् ।
चौकुने गाउँपालिकामा खड्क बिवस बासपाने प्रमुख र बिमला जिसी उपप्रमुखका उम्मेदवार रहेका छन् ।
सीम्ता गाउँपालिकामा झुपबहादुर बहादुर बुढा मगर प्रमुख र चन्द्रकला खत्री उपप्रमुख, लेकबेसी गाउँपालिकामा खड्क बहादुर घर्ती मगर प्रमुख र आरति वि.क. उपप्रमुका उम्मेद्वार भएका छन् ।
लेकबेसीका उम्मेदवार घर्ती पहिलो संविधानसभाको निर्वाचनमा सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए ।
माओवादीले सुर्खेतका सबै गाउँपालिकाका वडाहरुमा पनि उम्मेदवार टुङगो लगाइसकेको संयोजक जिसीले बताए ।
कुन स्थानीय तहमा कसले पायाे टिकट ,प्रमुख उपप्रमुखका उम्मेदवारहरु
वीरेन्द्रनगर नगरपालिका : रत्न गाहा, हरिमाया शर्मा
भेरीगंगा नगरपालिका : कृष्णप्रसाद गिरी, डिलसरा थापा
पञ्चपुरी नगरपालिका : धनबहादुर विक, सीता पाण्डे
गुर्भाकोट नगरपालिका : हिरा बहादुर थापा र नन्दकली वि.क.
चिङगाड गाउँपालिका : बोधविक्रम जिसी, तेज कुमारी राना
बराहताल गाउँपालिका : बलबहादुर कठायत, गोमा गुरुङ
चौकुने गाउँपालिका : खड्क बिवस बासपाने, बिमला जिसी
लेकबेसी गाउँपालिका : खड्क घर्ती, आरति वि.क.
सीम्ता गाउँपालिका : झुपबहादुर बहादुर बुढा मगर, चन्द्रकला खत्री