Comments Add Comment

संशोधनको पक्षमा दुई तिहाई पुग्न नदिने विपक्षी गठवन्धनको निर्णय

१४ बैशाख, काठमाडौं । नेकपा एमाले नेतृत्वको विपक्षी गठवन्धनले संविधान संशोधन विधेयकमा संशोधन दर्ता गर्ने भएका छन् । साथै विपक्षी गठवन्धनलाई कायम राख्दै संशोधन पास हुन नदिने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरुको बैठकले संशोधन विधेयकको पक्षमा दुई तिहाई नपुग्ने विश्लेषण गरेको छ । ‘गठवन्धनलाई कायम राख्दै संशोधन पास हुन नदिने निर्णय भएको छ,’ माले महासचिव सीपी मैनालीले अनलाइनखबरसँग भने ।

बैठकले कानुनी परामर्श गरेर संशोधन विधेयकमा संशोधन दर्ता गर्ने निर्णय गरेको छ । संशोधन दर्ताका लागि ७२ घन्टाको समय दिइएको छ ।

विपक्षी दलहरुको बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment