Comments Add Comment

हुण्डाईको नयाँ थ्रीएस सेन्टर विराटनगरमा


१४ वैशाख, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्ड प्रालिको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर उद्घाटन गरेको हो ।

बिराटनगर र वरिपरीका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हो ।

थ्रीएस सेन्टरको उद्घाटन रोयल अटो वल्र्डका अध्यक्ष भिमप्रसाद पौडेल तथा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरमा ५ वटा सम्म गाडीको शोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

उत्कृष्ट सेन्टरमा प्रति महिना ६ सय वटासम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ व्यव्ास्था पनि छ ।

साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टरमार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा लगायत प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment