Comments Add Comment

सुरु भयो ‘छक्का पन्जा २’को छायांकन, प्रियंका स्वस्तिमाको आमा बन्ने

गतबर्षको ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा २’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको शुभमुहुर्त सर्ट खिचिएको हो । साथमा, मन्दिरमै दृश्य खिचेर यसको छायांकन पनि प्रारम्भ भएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । चलचित्रका विकास र सामिप्यराज तिमिल्सिनाको कथा छ । पटकथा तथा संवाद भने दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, बर्षा राउतको साथमा स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको मुख्य भूमिका छ । स्वस्तिमा र स्वरुपको दृश्य खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

यो चलचित्रको छायांकन काठमाण्डौसँगै चित्लाङमा गरिनेछ । शुभमुहुर्तमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्ल्याप ठोकेका थिए । किरण केसीले भने नरिबल फोडेका थिए ।

 

निर्देशक दीपाश्री निरौलाले यसपटकको कथा झनै उत्कृष्ट भएको भन्दै दर्शकले ‘छक्का पन्जा’ भन्दा बढी माया गर्ने बताइन् । करिब ४० दिन लगाएर चलचित्रको छायांकन गरिनेछ । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी रहनेछ ।

चलचित्रमा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको रुपमा देखिने चर्चा छ । तर, अहिले नै कुनै कलाकारले आफ्नो भूमिकाको बारेमा खुलाएका भने छैनन् । गतबर्ष रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले १५ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । यो चलचित्र असोज ११ गतेबाट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment