Comments Add Comment

एनआरएन अस्ट्रेलियाको सदस्यता संख्या ३ हजार नाघ्यो

बिद्यार्थीहरुमा सदस्यताको आकर्षण देखिएन

२७ अप्रील, सिड्नी । गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाले सदस्यता आव्हान गरेको अन्तिम मिति सकिन तीन दिन बाँकि रहदा सदस्यको संख्या तीन हजार कटेको छ ।

जबकी एक हप्ता अघिसम्म मुस्किलले एक हजार मात्रै पुगेको थियो । गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले अप्रीलको अन्तिम दिनसम्म सबै सदस्यहरुलाई आफ्नो सदस्यता नबिकरण गरिसक्न र नयाँ सदस्यहरुले आबेदन गरिसक्न सबैलाई आव्हान गरेका छन । उनले सदस्यता नबिकरण तथा नयाँ सदस्य बन्नका लागि म्याद थप नहुँने बताए ।

अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि नबिकरण गर्ने तथा नयाँ बन्ने ट्रेन्ड अन्तिम हप्तामा बढ्ने अध्यक्ष सिग्देलले बताए ।
यो हप्ताको शुक्रबार,शनिबार र आइतबार भित्र नबिकरण हुने तथा नयाँ बन्ने क्रम बढ्ने उनको भनाइछ ।

नबिकरण गर्ने अन्तिम दुई दिन बिदा परेकाले पनि संख्या बढ्ने सिग्देलको भनाइ छ । यो समाचार तयार पर्दासम्म ३ हजार १२४ जना सदस्य बनेका छन् भने २५१ जना निर्णयको पर्खाइमा छन् ।

जसमा सबै भन्दा बढी एनएस डब्लु मा एक हजार २६४ र सबैभन्दा कम तास्मनिया मा ६ जना सदस्य बनेका छन ।

अध्यक्ष सुरेन्द्र सिग्देल

त्यस्तै वेस्टर्न अस्ट्रेलियामा ४६२ , भिक्टोरियामा ४३५ , कुइन्स्ल्याण्डमा ४१५, उत्तरी अस्ट्रेलियामा ३४५, दक्षिण अस्ट्रेलियामा १६२ अस्त्रलियन क्यापिटलबाट ३५ जना सदस्य बनेका छन ।

आगामी जुलाई ८ मा गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाको २०१७-२०१९ को कार्यसमितिको लागि अधिवेशन हुँदैछ । अस्ट्रेलियामा झन्डै एक लाख नेपाली भएको अनुमान छ ।

बिद्यार्थीमा सदस्यताको आकर्षण देखिएन

यसपटकदेखि एनआरएन अस्ट्रेलियाले मतदानको अधिकार नरहने गरी बिद्यार्थी सदस्यताको ब्यबस्था गरेको छ । तर, हालसम्ममा कोही पनि सदस्य बन्न नआएको अध्यक्ष सिग्देलले बताए ।

उनले एनआरएन अस्ट्रेलिया यहाँ अध्ययनरत बिद्यार्थीका हितका पक्षमा पनि काम गर्ने सँस्था भएकोले विद्यार्थीहरुलाई सदस्य बन्न आव्हान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment