Comments Add Comment

साओमीले नेपाल भित्र्यायो साढे १८ हजार पर्ने ‘रेडमी ४एक्स’


१४ वैशाख, काठमाडौं । साओमीले ‘रेडमी ४एक्स’ नेपाली बजारमा भित्र्याएको छ । साओमी रेडमी नोट-४, रेडमी ४ प्राइम, मि-मिक्स, मि नोट-२को अपार सफलतापछि नयाँ स्मार्टफोन रेडमी ४एक्स बजारमा आएको हो ।

५ इन्चको एलसीडी डिस्प्ले, मेटल बडी, १.५ गिगाहर्जको क्वाल्कोम स्नापड्रागन ४३५ प्रोसेसर, २ जिबी र्‍याम, १६ जिबी रोम, ४१ सय एमएएच ब्याट्री, १३ मेगापिक्सल रेयर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ६.१ मार्समलो लगायत सुविधा छन् ।

फोनको बजार मूल्य १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीले मे १ तारिखसम्मको लागि अफर योजना अन्तर्गत प्रत्येक रेडमी ४ एक्स फोनको खरिदमा ९ सय ९९ मूल्य बराबरको मि इन एयर हेडफोन दिने घोषणा गरेको छ ।

यो सेवा मिका न्यूरोड र लबिम मल को सोरुम, मि नेपालको अफिसियल वेबवाइट साथै नेपालभरका खुद्रा पसलबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्स हो । विभिन्न इलेक्ट्रोनिक्स सामानहरु तथा स्मार्टफोन विक्रेता रहेको साओमीले नेपाली बजारमा आफ्नो ग्राहकलाई उपभोग्य सामाग्रीबाट सन्तुष्ट बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment