Comments Add Comment

जहाँ भएको थियो मदनकृष्णको बिहे, सोही मन्दिरमा जन्मदिनको सेलिव्रेशन

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारेर केक काटिएको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनको जन्मदिनको अवसरमा केक काटिएको हो ।

हुनत, मदनकृष्णको जन्म वैशाख ७ गते भएको हो । तर, तिथीका आधारमा उनको जन्मदिन बिहिबार पनि सेलिव्रेशन गरिएको हो । चलचित्र ‘छक्का पन्जा २’को टिमले उनको जन्मदिनमा केक काटेर सेलिव्रेशन गरेको हो ।

मदनकृष्णलाई उनका साथी हाँस्य कलाकार हरिवंश आचार्यले केक खुवाइदिएका थिए । रमाइलो कुरा के छ भने, मदनकृष्णले आफ्नो बिहे पनि यही मन्दिरमा गरेका थिए । मनदकृष्णले भागी बिहे गरेर सूर्य विनायक मन्दिरमा किरण केसीको उपस्थितीमा यशोदा सुवेदीलाई सिन्दुर हालेका थिए ।

यस्तै, हाँस्य कलाकार हरिवंश आचार्यको बिहे पनि सूर्य विनायक मन्दिरमा नै भएको थियो । आफूले बिहेपछि पहिलो पटक सूर्य विनायक मन्दिरमा केक काटेको मदनकृष्णले बताए । उनलाई विभिन्न हाँस्य कलाकारहरुले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment