Comments Add Comment

विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने

१४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेबिसंघ केन्द्रीय कार्यालयमा बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी गाडी सन्चालमा रोक लगाउने लगायतका आन्दोलन कार्यक्रमहरु सार्बजनिक गरेका हुन् ।

विद्यार्थीहरुले सार्वजनिक गरेका नयाँ कार्यक्रम अनुसार बैशाख १५ गते शुक्रबार शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने रहेको छ ।

यस्तै बैशाख १७ गते शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका सञ्चालकहरु (प्याब्सन र एनप्याव्सनका पदाधिकारी) समेतलाई बहिस्कार गर्ने निर्णय विद्यार्थीहरुले गरेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत १८ गते सरकारी सवारीसधान सञ्चालनमा रोक लगाउने निर्णय संयुक्त विद्यार्थी संगठनहरुले गरेका छन् ।

आफूहरुले दिएको अल्टिमेटममा माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

नियमविपरित चर्को शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले बुधबार काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment