Comments Add Comment

विद्युतीय भुक्तानी लगायतको काम गर्न २८ वित्तीय संस्थालाई अनुमती

चिनियाँ बैंक शाखा खोल्न इच्छुक

१४ बैशाख, काठमाडौं । विद्युतीय माध्यम मार्फत् भुक्तानी सम्बन्धि कारोबार गर्न २८ बैंक तथा वित्तीय संस्थाले अनुमति पाएका छन् ।

‘नियम अनुसार आशयपत्र तथा अनुमती पत्र प्रदान गर्ने प्रक्रिया शुरु गरिएको छ जसअनुसार २०७३ चैतसम्ममा २८ वटा बैंक तथा वित्तीय संस्थालाई कारोबारको स्वीकृती दिइएको छ,’ राष्ट्र बैंकको ६१ औं बार्षिकोत्सवमा गभर्नर डा. चिरञ्जीवि नेपालले भने ।

यो भुक्तानी प्रणालीमा फोन, मोबाइल, इन्टरनेट, विद्युतीय कार्ड वा अन्य कुनै दृश्य वा अदृश्य साधनबाट कारोबार गर्न सकिने हुन्छ । विद्युतीय चेकको प्रयोग, अन्तरबैंकबीच भुक्तानी लगायतका काम पनि विद्युतीय रुपमा नै हुन्छ ।

१ खर्ब लक्ष्यको पुनरुद्धार कोषमा जुट्यो जम्मा ५ अर्ब रुपैयाँ

भूकम्प तथा सीमा नाका अवरोधका कारण समस्यामा परेका तोएिका क्षेत्रमा व्यवसायीहरुलाई राहत प्रदान गर्नको लागि बनाइने भनिएको १ खर्ब रुपैयाँको पुनरुद्धार कोषमा ७ अर्ब रुपैयाँ मात्र जुटेको छ ।

‘सो कोषमा नेपाल सरकारबाट ब्याज अनुदान खातामा २ अर्ब ७५ करोड रुपैयाँ, पुनरकर्जाको खातामा २ अर्ब २५ करोड रुपैयाँ जम्मा गरिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले २९ करोड ५९ लाखको प्रतिबद्धता जनाईसकेका छन्,’ राष्ट्र बैंकका गभर्नर नेपालले भने ।

२८ वाण्ज्यि बैंकले नै पुँजी पुर्याउने

राष्ट्र बैैंकका अनुसार २८ वाणिज्य बैंकले नै तोकिएको चुक्ता पुँजी ८ अर्ब पुर्याउन सक्ने भएका छन् ।

‘२ वटा वाणिज्य बैंकको तोकिएको पुँजी पुगेको छ, बोनस सेयर दिएरै ५ वटाले पुर्याउने भएका छन्, ३ वटाले थप सेयर निष्कासन (एफपीओ) र ६ वटाले हकप्रद जारी गरेर पुर्याउने छन् भने १२ वटा सबै बिकल्पमा जाने देखिएको छ,’ गभर्नर नेपालले भने ।

चैतसम्म १ सय ३६ संस्था मर्ज तथा एक्वायर भएर ४४ वटा पुगेको छ भने थप २८ बैंक तथा वित्तीय संस्थाले एक आपसमा गाभिन राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । सैद्धान्तिक सहमति पाएका २८ संस्था मर्जपछि ११ को संख्यामा सिमित हुने भएका छन् ।

६ नयाँ लघुवित्त आउदै

राष्ट्र बैैंकले वित्तीय सेवा पहुँच नपुगेका क्षेत्रमा गएर सञ्चालन हुन ९ वटा संस्थालाई सञ्चालन अनुमती दिएको छ भने ६ वटा संस्थाले सैद्धान्तिक सहमति पाएका छन् ।
‘हामीले लघुवित्त संस्थाको अनुमती दिने कार्यमा कडाई गरेका छौं, हामीले तोकेको मापदण्ड पुरा गर्नेेले विकट क्षेत्रमा भने सञ्चालनमा आउन पाउने छन्,’ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

शिवाकोटीले विदेशी बैंकले नेपालमा शाखा खोल्न सक्ने प्रावधान भएपछि चिनियाँ बैंकले शाखा खोल्न इच्छा देखाएको पनि जानकारी दिएका छन् ।  त्यस्तै कार्यक्रममा साउनदेखि राष्ट्र बैंकले ५ वर्षे तेस्रो रणनीतिक योजना कार्यान्वयनमा ल्याउन लागेको, साउनदेखि १० लाख बढिको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गर्न लागेको समेत जानकारी दिइएको छ ।

पुर्वाधार बिकास बैंकको लागि अनुमती दिने प्रक्रिया सुरु गरिन लागेको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बैैंकले बार्षिकोत्सवको अवसरमा नेपालका चौथो गभर्नर भेषबहादुर थापा र नोट सिक्का डिजाइनमा ५ दशकदेखि सहयोग गरेका पुरातत्व विद सत्यमोहन जोशीलाई बिशेष सम्मान गरेको छ ।

राष्ट्र बैंकले चालु आवमा बैंकिङ क्षेत्र नियमनको लागि जारी गरेको निर्देशन र परिपत्र लगायत कार्यको पनि जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment