Comments Add Comment

जनता बैंकको बचतमा ८ प्रतिशत ब्याजदर

१४ बैशाख, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सर्वसाधारण बचतकर्ताहरुको बचतलाई प्रोत्साहित गर्न उच्च ब्याजदर दिनेगरि गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

न्यूनतम रु १ सय मै खाता खोल्न सकिने यस बचत खातामा निक्षेपकर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् । यसबाट सर्वसाधारणहरु बचत गर्न प्रोत्साहित हुने तथा उच्चतम ब्याजदरबाट लाभान्वित हुने बैंकको अपेक्षा छ । साथै, बैंकले सार्वसाधारणका लागि विभिन्नअवधिका मुद्दती खाताहरुमा वार्षिक १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

रु. ४ अर्ब ७२ करोड चुक्तापूँजी रहेको यस जनता बैंक नेपाल लिमिटेड बैंकले पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दार्चुलासम्म देशका ग्रामीण तथा शहरी क्षेत्रमा रहेका ६७ वटा शाखा कार्यालय, ४ वटा सीमित बैंकिङ इकाई र १९ वटाशाखा रहित बैंकिङ इकाइ मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment