Comments Add Comment

माओवादी केन्द्रले गोरखाको उम्मेदवारको टुङ्गो लगायो, को-को छन् हेर्नुस्


१४ बैशाख, गोरखा । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्ऽ गोरखाले आफ्नो सवै उमेदवार टुङ्गो लगाएको छ ।

पालुङटार नगरपालिका र नौ गाउँपालिकामा यसअघि नै उमेदवारको टुङ्गो लगाएको माओवादीले बिहीबार गोरखा नगरपालिकाको मेयरको उम्मेदवार पनि तय गरेको छ ।

मेयरमा कृष्ण रानाको नाम पक्कापक्की भएको छ । तर, उपमेयरमा कञ्चन कुमाल र राममाया श्रेष्ठको नाम चर्चामा आएपनि निर्णय भइनसकेको माओवादी स्रोतले जनाएको छ ।

माओवादीले पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन र उपमेयरमा पम्फा बसेललाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिकातर्फ गण्डकीको अध्यक्षमा दिपक तिमिल्सिना, उपाध्यक्षमा पूर्ण थापा, शहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी भिमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लिला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ भने आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा,सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दिपक देवकोटा, उपाध्यक्षमा अनिता भुर्तेललाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले धार्चे गाउँपालिकाको अध्यक्षमा सुर्य गुरुङ, उपाध्यक्षमा आशा तमु र चुमनुब्री गाउँपालिकामा लाक्पा डुन्डुप लामालाई अध्यक्ष र कुमारी गुरुङलाइ उपाध्यक्ष उठाउने पक्का गरेको माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेसले केन्द्र गुहार्‍यो

काग्रेसले गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको मेयर र उपमेयरको उमेदवार टुङ्गो लगाउन सकेको छैन । त्यस्तै चुमनुव्री र सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उमेदवार छनौट गर्न सकेको छैन । आकांक्षी धेरै भएर जिल्ला स्तरबाट उम्मेदवार छनौट गर्न नसकेपछि सबै नाम केन्द्रमा पठाइएको कांग्रेसले जनाएको छ ।

एमालेको प्रदेश कमिटीले निर्णय गर्ने

नेकपा एमालले केही गाउँपालिकाको उमेदवारको टुङ्गो लगाएपनि गोरखा र पालुङटार नगरपालिकाको उम्मेदवार छनोट गर्न सकेको छैन ।

उमेदवारको टुङ्गो लगाउन एमालेले आकांक्षीहरुको नाम प्रदेश कमिटीमा पठाएको छ ।

नयाँ शक्ति पार्टी नेपालले भने सबै उमेदावरको टुङ्गो लागेको र १६ गते मात्र सार्वजनिक गर्नर्े बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment