Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः संशोधनका पक्षमा दुई तिहाइ पुग्ने संकेत, मोर्चा लचिलो

१५ वैशाख, काठमाडौं । बुधबार आन्दोलनमा जाने घोषणा गरेका मधेसी दल बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि निर्वाचनमा जान सहमत भएका छन् । संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेत देखिएपछि मोर्चा लचिलो बनेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।  संविधान संशोधनको विषयलाई मुख्य खबर बनाएर छापेका पत्रपत्रिकाहरुले  संवैधानिक इजलास गठन भएकादेखि सेना परिचालन गर्ने बाटो खुलेकोसम्मका खबर  प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेर स्थानीय तहको संख्या टुंगो लगाउने धारणा राजपा नेतासँग राखेको विषयलाई गोरखापत्र दैनिकले महत्त्व दिएर छापेको छ । चुनावप्रति सामूहिक प्रतिवद्धता जरुरी भएको प्रमुख निर्वाचन आयुक्तको भनाइ लेखेको गोरखापत्रले सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृत दिएको खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेतले मोर्चा लचिलो बनेको नयाँ पत्रिका दैनिकले लेखेको छ । बालुवाटार बैठकका गतिविधि  छापेको नयाँ पत्रिकाले सिंहदरबाभित्रै अनुगमन तीव्र पारिएको जनाएको छ ।

नागरिक दैनिकले ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय रहेको खबर लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले संवैधानिक इजलास गठन भएको लेखेको छ भने कान्तिपुर दैनिकले दुई तिहाइ पुग्न मुस्किल रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment