Comments Add Comment

आर्थिक समाचार: ११ जनाबराबर १ सवारीसाधन

काठमाडौं । मुलुकमा सवारीसाधनको आयात अनावश्यक रुपमा बढेको भन्दै नियन्त्रणका लागि विभिन्न पहल भइरहे पनि आम सवारीमा पहुँच भने न्युन रहेको छ । यातायात व्यवस्था विभागका अनुसार प्रत्येक ११ जना बराबर एक सवारीसाधन उपलब्ध हुन सक्ने अवस्था छ ।

आजको कारोबार दैनिकले ११ जनाबराबर १ सवारीसाधनलाई मुख्य समाचार बनाएको छ । २९ लाख विद्यार्थीलाई बर्सेनि छात्रवृत्तिलाई पनि कारोबारले मुख्य समाचार बनाएको छ । कर फछर्योट आयोगमाथि अनियमितताको आशंकालाई पनि कारोबारले लेखेको छ । रहेनन् उर्जाका पितालाई कारोबारले लेखेको छ ।

विमानस्थल विस्तारमा नौ कम्पनिको रुचीलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । रुपन्देहीको राजस्व ६० अर्बलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।
वायुसेवा निगमले दुई संस्थावाट वराबर ऋण लिनेलाई नागरिकले मुख्य समाचार बनाएको छ । कर फछर्योट आयोगबाटै बदमासीलाई पनि नागरिकले लेखेको छ ।

कोइदा र क्लिंकर अभावले सिमेन्टको भाउ बढ्योलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । चिनियाँ बैंकहरु नेपालमा शाखा खोल्न इच्छुकलाई पनि नयाँ पत्रिकाले लेखेको छ । ४४ नयाँ म्यानपावर कम्पनीको काम–कारबाही रोक्कालाई नयाँ पत्रिकाले लेखेको छ ।

आर्थिक वृद्धिका लागि वित्तिय पहुँचलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ । दस वर्षभित्र मध्यम आयमुक्त राष्ट्र बनाइनेलाई गोरखापत्रले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment