Comments Add Comment

माओवादी केन्द्रद्वारा चितवनका सबै स्थानीय तहमा उम्मेदवार घोषणा

चितवन र काठमाडौंलाई जोड्ने पुल बन्छुः रेणु दाहाल

१५ बैशाख, चितवन । नेकपा माओवादी केन्द्र चितवनले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी औपचारीक रुपमा घोषणा गरेको छ ।

चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले जिल्लाका ७ बटै स्थानीय तहका उम्मेदवारहरु औपचारीक घोषणा गरेको हो ।

माओवादी स्थायी समितिका सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारहरुको परिचय गराएका थिए ।

माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । यस्तै, शहिद परिवारका सदस्य सुरेन्द्र गुरूङलाई उपमेयरमा उठाउने घोषणा गरेको छ । यसअघि भरतपुर महानगरपालिकाको उपमेयरमा इश्वर सापकोटा ‘सुमन’को चर्चा थियो ।

उम्मेदवार घोषणा कार्यक्रममा रेणु दाहालले आफू चितवन र काठमाडौं जोड्ने पुलको रुपमा जिल्लामा क्रियाशील रहने बताइन् । उनले बाँकी राजनीतिक जीबन चितवनमै बिताउने बताइन् ।

कार्यक्रममा रेणुले भनिन्, ‘पार्टी राजनीतिमा लागेको २० वर्षपछि चितवनको राजनीतिमा आउन पाएकोमा म भावुक भएकी छु । अब म निर्वाचन हारेपनि जितेपनि चितवनबाटै राजनीति गर्ने हो । मेरो बाँकी राजनीति जीवन चितवनमा नै बिताउने अठोट लिएकी छुँ ।

रेणुले आफूलाई मिडियाले सहयोग गरेपनि जहिले पनि प्रचण्डकी छोरी भनेर चिनाउने गरेको गुनासो पनि गरिन् ।

चुनावी तालमेलका लागि छलफल शुरुः नारायण दाहाल

स्थानीय तह निर्वाचनका लागि बिभिन्न राजनीतिक पार्टीहरुसँग छलफल अघि बढाइएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति चितवनका संयोजक नारायण दाहालले जानकारी दिए ।

‘हामी हिजोसम्म उम्मेदवार टुंग्याउने बिषयमा नै केन्द्रित थियौं आज घोषणा गर्‍यौं । आजैबाट अन्य दलसँग छलफल अघि बढाउछौं ।’ दाहालले भने, ‘तालमेल स्थानीय आवश्यकता, राष्ट्रिय आवश्यकता अनुसार हुन्छ ।’

तालमेल कुन दलसँग गर्ने भन्ने बारेमा ठ्याक्कै भन्ने अवस्था भने नरहेको दाहालले बताए ।

यो पनि पढ्नुहोस्

रेणु दाहालले भनिन्- राजनीतिक जीवन चितवनमै बिताउँछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment