Comments Add Comment

संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय वैठक आह्वान गरेका छन् । संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा आमन्त्रण गरिएको जनाएका छन् ।

उक्त छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिक लगायतका नेताहरुलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment