Comments Add Comment

यी हुन् बच्चा जन्माउने मेसिन, ३७ वर्षमा ३८ बच्चा !


१३ वर्षमा पहिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् । सामान्य महिलाले कल्पना पनि गर्न नसक्ने यो प्रजननशीलताले युक्त महिला युगाण्डाकी हुन् ।

मरियम नबातान्जी नामकी ती महिलाको सानै उमेरमा बिहे भयो । उनी १३ वर्षमै पहिलो बच्चा जन्माइन् । युगाण्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियमलाई सबैले बच्चा जन्माउने मेसिन भन्छन् ।

उनले ६ पटक जुम्ल्याहा, चार पटक तिम्ल्याहा तथा तिन पटक चम्ल्याहा बच्चा जन्माइन् । केबल दुईपटकको गर्भमा मात्र एक एकवटा बच्चा जन्मिएका थिए ।

मरियमको प्रजनन क्षमता वास्तवमै वंशाणुगत नै रहेछ । उनका बुवाले पनि विभिन्न महिलाहरुबाट गरी ४५ बच्चाका बाउ बनेका रहेछन् । मरियमले आफ्नो परिवार नियोजन गर्नका लागि डाक्टरसँग सल्लाह पनि गरेकी थिइन् । तर डाक्टरहरुले नै उनलाई परिवार नियोजन नगर्न सल्लाह दिए ।

कस्तो अचम्म ? ३८ बच्चा जन्माउँदा पनि परिवार नियोजन गर्न नभन्ने डाक्टर कस्ता हुन् ? तर यसको कारण रहेछ । वास्तवमा उनको सरीरमा यति धेरै डिम्ब उत्पादन हुने रहेछन् की यदि उनी आमा नबनेमा उनको ज्यानलाई नै खतरा हुनसक्ने रहेछ । यस्तो त नहुनुपर्ने हो । खासमा उनलाई गलत सल्लाह दिइएको रहेछ ।

मरियमका बच्चाहरुलाई आफ्ना बुवाको अनुहार पनि याद छैन किनकी मरियमका लोग्नेले छोराछोरी हुर्काउन उनलाई सहयोग नै गरेनन् ।

मरियमको सबैभन्दा ठूलो छोरा २३ वर्षको छ । उक्त छोराले पछिल्लो १० वर्ष त आफ्नो बाउको मुखै देखेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment